आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १४ २०८१
तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

कृषि विकास मन्त्रालय र संघबीच भएको ११ बुँदे समझदारी कार्यान्वयन र दुग्ध विकास संस्थानको पुनःसंरचना गर्न संघले आग्रहसमेत गरेको छ।

चितवन- केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। 

संघले लामो समयदेखि कृषकले भुक्तानी नपाएका विषय ध्यानाकर्षण गराएको छ। छलफलबाट मंगलबार सात बुँदे चितवन अवधारणा पत्र जारी गर्दै लामो समयदेखि भुक्तानी नदिने निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट भुक्तानीको लागि सहजीकरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डलाई संघले अनुरोध गरेको छ। 

रकम नपाए संघ आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ। कृषि विकास मन्त्रालय र संघबीच भएको ११ बुँदे समझदारी कार्यान्वयन र दुग्ध विकास संस्थानको पुनःसंरचना गर्न संघले आग्रहसमेत गरेको छ। 

कृषकलाई दुध उत्पादनको आधारमा दिइने प्रोत्साहन अनुदान उपलब्ध गराउनसमेत सरकारलाई ध्यानाकर्षण गराइएको छ। रासस


प्रकाशित : बुधबार, फागुन १४ २०८१११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend