मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

images
मंगलबार, फागुन १३ २०८१
images
images
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। जुन अहिलेसम्मकै उच्च हो। 

images
images
images

सोमबार प्रतितोला १ लाख ७० हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनले मंगलबार उच्च मूल्य पार गरेको हो। यसअघि उच्च मूल्य गएको बिहीबार १ लाख ७१ हजार निर्धारण भएको थियो। गएको कात्तिक १५ गते पनि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको बिन्दुमा पुगेको थियो।

images
images

गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो। 

images
images
images

अन्तर्राष्ट्रिय बजारमा आज मंगलबार सुन प्रतिऔँस २ हजार ९ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, फागुन १३ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend