शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १७ २०७८
गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

खलङ्गा- जुम्लामा गोठालो भत्ताका लागि २ सय ६५ किसानले आवेदन दिएका छन्। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन्। 

पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो। कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो।

कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ। सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताए। 

५० भन्दा बढी भेडा पाल्ने किसानलाई मासिक १५ सय रूपैयाँका दरले वितरण गरिनेछ। जिल्लाका १ सय ५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ। रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ। उक्त कार्यक्रमका लागि ७२ लाख रूपैयाँ विनियोजन गरिएको छ। रासस   


प्रकाशित : सोमबार, माघ १७ २०७८१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend