मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १७ २०७८
images
images
गोठालो भत्ताका लागि २६५ किसानको आवेदन
images
images

खलङ्गा- जुम्लामा गोठालो भत्ताका लागि २ सय ६५ किसानले आवेदन दिएका छन्। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन्। 

images
images
images

पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो। कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो।

images
images

कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ। सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताए। 

images
images
images

५० भन्दा बढी भेडा पाल्ने किसानलाई मासिक १५ सय रूपैयाँका दरले वितरण गरिनेछ। जिल्लाका १ सय ५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ। रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ। उक्त कार्यक्रमका लागि ७२ लाख रूपैयाँ विनियोजन गरिएको छ। रासस   


प्रकाशित : सोमबार, माघ १७ २०७८१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend