शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

जिप र्‍याङलरको लाइनअपमा थपियो जिप ग्लेडियटर

images
सोमबार, माघ १७ २०७८
images
जिप र्‍याङलरको लाइनअपमा थपियो जिप ग्लेडियटर

एमएडब्लू लाइफले यसअघि आफ्नो ‘सीबीयु लाइनअप’मा ‘टु डोर’ र ‘फो डोर’ रुबिकन र ‘फो डोर’ सहारा र्‍याङलर उपलब्ध गराउँदै आएको थियो। 

images
images

काठमाडौं- नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले जिप र्‍याङलरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ। जिप ग्लेडियटर जिपको आइकनिक र्‍याङलरमा आधारित छ र ‘गो एनिह्वेयर, डु एनिथिङ’ क्यापाबिलिटी, ‘एड्भान्स्ड टेक्नोलोजिकल फिचर’, जिपको परिचित डिजाइन र ‘ओपन-एअर फ्रिडम’ रहेको छ।

images
images
images

एमएडब्लू लाइफले यसअघि आफ्नो ‘सीबीयु लाइनअप’मा ‘टु डोर’ र ‘फो डोर’ रुबिकन र ‘फो डोर’ सहारा र्‍याङलर उपलब्ध गराउँदै आएको थियो। 

images
images

एमएडब्लू लाइफले नेपालमा ग्लेडियटरको ओभरल्यान्ड ट्रिम ल्याएको हो जसमा ३.६ लिटरको पेन्टास्टार भी६ पेट्रोल इन्जिन छ जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्छ। यसको ‘अफरोड क्यापाबिलिटी’ जिपको ‘सेलेक-ट्रयाक एक्टिभ अन-डिमान्ड ४ बाई ४ सिस्टम’ले दिन्छ। यो 

images
images

सिस्टमले २.७२ः१ ‘लो रेन्ज गियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टु-स्पिड ट्रान्सफर केस अफर’ गर्छ। भी६ इन्जिनलाई ‘लो-एन्ड टर्क’का लागि ‘अप्टिमाइज’ गरिएको छ जुन ‘अफरोडिङ’का लागि आवश्यक छ। ग्लेडियटरको ‘टोविङ’ क्षमता २७२१ केजी रहेको छ। 

जिप ग्लेडियटरलाई ‘क्यापाबल कार्गो क्यारियर’ बाट ‘विकेन्ड फन’ र दैनिक प्रयोजनका लागि ‘फुल्ली कस्टमाइज्ड लाइफस्टाइल भेहिकल’ मा सजिलैसँग परिणत गर्न सकिन्छ। जिप र्‍याङलर ‘फो डोर’ को तुलनामा यसको फ्रेम ७८७ एमएम लामो र ह्वीलबेस ४९२ एमएम लामो छ। 

यसको ‘एप्रोच एंगल’ ४०.७ डिग्री, ‘ब्रेक एंगल’ १८ं४ डिग्री, ‘डिपार्चर एंगल’ २२५.१ डिग्री र ‘ग्राउन्ड क्लेरेन्स’ २८३ एमएम रहेको छ। 

जिप र्‍याङलरमा जस्तै यसको ‘हार्डटप’ पनि सजिलैसँग निकालेर ‘नेकेड’ बनाउन सकिन्छ जसले सहर वा ‘ट्रेल’ दुवैमा ‘ओपन एअर फ्रिडम’लाई प्रत्याभुत गर्छ। 

ग्लेडियटरमा लामो ह्वीलबेसकको ‘अनरोड ड्राइभिङ डाइनामिक्स’ का लागि र नयाँ ‘लोड ट्रे’लाई सपोर्ट गर्न ‘कम्प्रेहेन्सिभ फाइभ-लिंक सस्पेन्सन’ सिस्टम राखिएको छ। ‘ट्रे’को ‘पेलोड’ क्षमता ६२० केजी छ र ‘अन्डर रेल बेड लाइटिङ’ र ‘इन्टिग्रेटेड टाई डाउन’ राखिएको छ जुन साइकल, डर्ट बाइक, सर्फबोर्ड र एटीभी जस्ता ‘एड्भेन्चर इक्विपमेन्ट’ राख्न सहज बनाउँछ। 

सुरक्षाका लागि यसमा ७० भन्दा बढी ‘एक्टिभ’ र ‘पेसिभ सेफ्टी एन्ड सेक्युरिटी फिचर’ रहेका छन्। साथै, ग्रिडसहितको पार्कभ्यु रियर क्यामेरा, ‘फ्रन्ट एन्ड रियर पार्क असिस्ट’, ‘इलेक्ट्रोनिक रोल मिटिगेसन’सहितको ‘इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल’ जस्ता सुरक्षा विशेषता छन्। 

ग्लेडिएटर ‘ब्ल्याक’ र ‘फायरक्रेकर रेड’मा उपलब्ध छ।


प्रकाशित : सोमबार, माघ १७ २०७८०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend