शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हायरपर्चेज कर्जा : धितोको ८० प्रतिशतसम्म मात्र ऋण दिन पाइने 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
images
हायरपर्चेज कर्जा : धितोको ८० प्रतिशतसम्म मात्र ऋण दिन पाइने 

संसोधन मार्फत यस्तो ऋण दिने कम्पनीहरूको चुक्ता पुँजी ३० करोड हुनुपर्ने व्यवस्था गरेको छ। 

images
images

काठमाडौं- हायरपर्चेज कर्जा दिने अनुमति पाएका कम्पनीहरूले ऋण दिँदा धितोको ८० प्रतिशतसम्म मात्र ऋण दिन पाउने भएका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरूलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० मा संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो। 

images
images

कुनै पनि व्यक्तिले व्यावसायिक वा व्यक्तिगत प्रायोजनका लागि सवारीसाधन, यन्त्र उपकरण खरिद गरी किस्ताबन्दीमा भुक्तानी गरेपछि स्वामित्व हस्तान्तरण हुनेगरि खरिद गर्दा यस्ता कम्पनीहरूले ऋण प्रदान गर्दै आएका छन्। 

images
images

अबदेखि यस्ता कम्पनीले यस्तो ऋण दिँदा धितोको ८० प्रतिशतसम्म मात्र ऋण दिन पाउने छन्। 

त्यस्तै यसरी दिइएको ऋण तथा संस्थाले लिएको ऋणको ब्याजदरबीचको अन्तर ४ प्रतिशतभन्दा फरक हुन नपर्ने व्यवस्था गरिएको छ। 

संसोधनमार्फत यस्तो ऋण दिने कम्पनीहरूको चुक्ता पुँजी ३० करोड हुनुपर्ने व्यवस्था गरेको छ। 

 


प्रकाशित : आइतबार, माघ १६ २०७८११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend