आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

महोत्तरीमा सुर्तीखेतीतर्फ आकर्षित छन् किसान : 'एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने'

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २ २०८१
महोत्तरीमा सुर्तीखेतीतर्फ आकर्षित छन् किसान : 'एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने'

एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्तीखेती गर्न थालेको बताए।

जलेश्वर- कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका-६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन्।  

बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपम सुर्तीखेती गर्न थालेका छन्।  

सुर्तीखेतीमा रमाएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका-६ धेरैजसो किसानले सुर्तीखेती गरेको बताए। 

गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उनले बताए। उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ। उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन्। 

एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्तीखेती गर्न थालेको बताए। उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। 

यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन्। एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम दुई लाख रुपैयाँ आम्दानी गर्न सकिने अर्का किसान मोहन मण्डलले बताए। रासस


प्रकाशित : शुक्रबार, फागुन २ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend