शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

कालीकोटमा औद्योगिक ग्राम बन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
images
कालीकोटमा औद्योगिक ग्राम बन्दै

स्थानीय तहले औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा ९२ लाख रूपैयाँ बजेट विनियोजन गरी सम्झौता भएको हो।

images
images

मान्म- कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो।

images
images
images

देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई  मन्त्रालयले औद्योगिक ग्राम बनाउन छनोट गरेको हो। मन्त्रालयका अनुसार औद्योगिक ग्रामका लागि छनोट गरिएका स्थानीय तहमा शुभकालिकासँगै धनकुटाको महालक्ष्मी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिका र डोटीको दिपायल सिलगढी नगरपालिका छन्। 

images
images

छनोटमा परेका स्थानीय तहले औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा ९२ लाख रूपैयाँ बजेट विनियोजन गरी सम्झौता गरेको अध्यक्ष चौलागाईंले बताए। 'औद्योगिक ग्रामका लागि जग्गाको र त्यसको डिपिआर बनाएर मन्त्रालयमा पठाएपछि औद्योगिक ग्रामका रुपमा छनोट भएको हो', उनले भने।  

images
images

औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार पूर्वाधारसहित डिपिआर मन्त्रालयमा पेस गरेको र त्यसैका आधारमा सङ्घीय सरकारले रकम विनियोजन गरेको अध्यक्ष चौलागाइँले जानकारी दिए।

औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, सामान प्रदर्शनी स्थल तथा बिक्री कक्ष, शौचालय तथा स्नानगृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले रकम हस्तान्तरण गरेको चौलागाइँले बताए। रासस 


प्रकाशित : आइतबार, माघ १६ २०७८०७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend