शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

बैतडीमा ७५ हजार बाख्रालाई पीपीआर खोप

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
बैतडीमा ७५ हजार बाख्रालाई पीपीआर खोप

बैतडी- बैतडीमा ७५ हजार बाख्रालाई पीपीआरविरुद्धको खोप लगाइँदैछ। भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको हो।  

शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडाबाख्रालाई पीपीआरविरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए।

प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो। उनले भने, 'नौ स्थानीय तहमा भ्याक्सिन पठाएर प्राविधिकले खोप लगाउँदै छन्, शिवनाथमा पशु प्राविधिक नहुँदा ढिला भएको हो। अर्को ठाउँबाट प्राविधिक खटाएर अभियान सुरु गर्छौँ।'

राजमार्ग नजिकका ठाउँ र व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने काम भइरहेको छ। प्रत्येक पालिकामा सात हजार डोज खोप पठाइएको छ। गत वर्ष खोप लगाएका बाख्रालाई यो खोप नदिइने केन्द्रले जनाएको छ। बाख्रालाई पीपीआर रोग लागे ठूलो नोक्सानी हुने भएकाले त्यसबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको हो।  

बाख्रालाई पीपीआर रोग लागेमा पखाला लाग्ने, र्‍याल र सिगान बगाउने, उच्च ज्वरो आउने लक्षण देखा पर्छ। अन्त्यमा बाख्रा मर्ने गर्छन्। रासस 


प्रकाशित : आइतबार, माघ १६ २०७८०७:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend