शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लुकाइ ल्याएको १ किलो सुनसहित एकजना पक्राउ  

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
images
लुकाइ ल्याएको १ किलो सुनसहित एकजना पक्राउ  

हाइसमा सवार सुनारलाई लुकाइ ल्याएको १ किलो धातुसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

images
images

कास्की- पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन जस्तो देखिने धातुसहित सोही महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार सुनारलाई लुकाइ ल्याएको उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

images
images

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

images
images


प्रकाशित : आइतबार, माघ १६ २०७८०७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend