शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

सर्वोत्तम सिमेन्टको नाफामा छलाङ, कुन सूचक कस्तो?

images
मंगलबार, माघ २९ २०८१
images
सर्वोत्तम सिमेन्टको नाफामा छलाङ, कुन सूचक कस्तो?

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

images
images

काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

images
images
images

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८९.२४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ५ लाख रुपैयाँमात्र नाफा कमाएको थियो।

images
images

कम्पनीको सञ्चालन आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढेको हो।

images
images

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.९४ प्रतिशत बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सोही अवधिमा कम्पनीको कुल नाफा ४८.७४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च ३१.९६ प्रतिशत र कुल खर्च ०.७७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ २८ पैसा बढेर ९ रुपैयाँ ७० पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७५.२५ गुणा रहेको छ।

४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : मंगलबार, माघ २९ २०८११०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend