सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भष्ट्राचार आरोप लागेका ९ उद्योगले कति तिरेका थिए अधिक चुनढुंगा उत्खनन् वापतको रोयल्टी

शनिबार, माघ १५ २०७८
भष्ट्राचार आरोप लागेका ९ उद्योगले कति तिरेका थिए अधिक चुनढुंगा उत्खनन् वापतको रोयल्टी

खानी उत्खननका लागि इजाजत लिँदाको समयमा वार्षिक रुपमा तोकिएको सीमाभन्दा बढी चुनढुंगा उत्खनन् गर्ने उद्योगले बढी उत्खनन् भएको परिमाणको मात्रै १७ करोड १२ लाख रुपैयाँ रोयल्टी विभागलाई बुझाएको देखिएको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागमा महानिर्देशक रामप्रसाद घिमिरेसँगै १८ जना तथा ९ उद्योगीविरुद्द खानी बढी उत्खनन गरी राज्यलाई १ अर्ब २४ करोड रुपैयाँभन्दा नोक्सानी पुर्‍याएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यसरी बढी खानी उत्खनन गर्नेमा ९ वटा उद्योग  र ९ जना व्यवसायीविरुद्ध अख्तियारले १ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको विगोकायम गरी मुद्दा दायर गरेको हो।

अख्तियारले विभागका महानिर्देशक घिमिरे, उपमहानिर्देशक जयराज घिमिरे, उपसचिव सपना घिमिरे, उपन्यायाधीवक्ता चन्द्रकुमार पोखरेल, प्रशान्त बोहरा, धर्मराज खड्का, श्रीभगत गौतम, बसन्त अधिकारी र डाक्टर सौनक भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो।

सिद्धार्थ मिनरल्स प्रालि,सर्वोत्तम सिमेन्ट, मारुती सिमेन्ट, अन्नपूर्ण क्वेरिज, उदयपुर मिनरल्स, युनाइटेड सिमेन्ट, सोनापुर मिनरल्स एण्ड, कन्चन क्वेरिज र डोलामाइट चुनुढुंगा उद्योगलाई पनि सरकारले तोकेभन्दा बढी खानी उत्खनन् गरी राज्यलाई घाटा पारेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ गरी २ वर्षमा ९ वटा उद्योगले २५ लाख ९३ हजार ९ सय ५१ टन बढी चुनढुंगा खानीबाट बढी उत्खनन गरेको र उनीहरुबाट १ अर्ब २४ करोड भन्दा बढी विगो असुली गर्नु पर्ने भन्दै मुद्दा दायर गरेको हो। 

अख्तियारले बढी उत्खनन गर्ने उद्योगलाई क्षतिपूर्ति भराउने विभागकै पहिलो अध्ययन रिपोर्ट लत्याउँदै दोस्रो अध्ययन कमिटी बनाएर बढी उत्खनन गर्ने उद्योगलाई वार्षिक एक लाख रुपैयाँको दरले मात्रै जरिवान गराएर राज्यलाई नोक्सानी हुने काम गरेको भन्दै मुद्दा दायर गरेको छ।

यसरी मुद्दा दर्ता भएका उद्योगले खानीबाट बढी चुनढुंगा उत्खनन गर्दा राज्यलाई रोयल्टी भने तिर्दै आएका छन्। विभागले पनि बढी चुनढुंगा उत्खनन गर्ने उद्योगसँग प्रति टन ६६ रुपैयाँको दरले रोयल्टी लिँदै आएको थियो। 

विभागले तोकेको परिमाणमा पनि प्रतिटन ६६ र बढी उत्खनन भएको परिमाणमा पनि प्रतिटन ६६ रुपैयाँ नै र बढी उत्खनन भएको भन्दै वार्षिक १ लाख रुपैयाँ जरिवान गराउँदै आएको थियो।

खानी उत्खननका लागि इजाजत लिँदाको समयमा वार्षिक रुपमा तोकिएको सीमाभन्दा बढी चुनढुंगा उत्खनन गर्ने उद्योगले बढी उत्खनन भएको परिमाणको मात्रै १७ करोड १२ लाख रुपैयाँ रोयल्टी (राजस्व) विभागलाई बुझाएको देखिएको छ। ९ वटा उद्योगले कुल २५ लाख ९३ हजार ९ सय ५१ टन चुनढुंगा इजाजत पाउँदा तोकेको सीमाभन्दा बढी उत्खनन गरेका थिए। 

कुन उद्योगले कति बढी उत्खनन गर्दा कति बुझाएका रोयल्टी

सिद्धार्थ मिनरल्स प्रालिले ९ लाख ८९ हजार १ सय ३ टन बढी उत्खनन गरेवापत ६ करोड ५२ लाख ८० हजार ७ सय ९८ रुपैयाँ रोयल्टी बुझाएको छ।

यसैगरी मारुती सिमेन्टस् लिमिटेड ३ लाख ७२ हजार ८ सय ४५ टन बढी चुनढुंगा उत्खनन गरेवापत २ करोड ४६ लाख ७ हजार ७ सय ७० रुपैयाँ रोयल्टी बुझाएको छ। 

अन्नपूर्ण क्वेरिज प्रालिले २ लाख ३८ हजार ९०० टन बढी उत्खनन गरेवापत १ करोड ५७ लाख ६७ हजार ४ सय रुपैयाँ रोयल्टी तिरको छ।

साथै सर्वोत्तम सिमेन्ट २ लाख ५१ हजार टन चुनढुंगा बढी उत्खनन गरेवापत १ करोड ६५ लाख ६६ हजार रुपैयाँ रोयल्टी तिरेको थियो।

यसैगरी युनाइटेड सिमेन्ट प्रालि १ लाख ९३ हजार ८ सय ८१ टन बढी उत्खनन गरे वापत १ करोड २७ लाख ९६ हजार १ सय ४६ रुपैयाँ र  सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले २ लाख ५७ हजार ५ सय ३४ टन बढी उत्खनन गरे वापत १ करोड ६९ लाख ९७ हजार २ सय ४४ रुपैयाँ रोयल्टी तिरको विभागको विवरणमा उल्लेख छ।

डोलोमाइट चुनढुंगा उद्योग प्रालिले १ लाख ३५ हजार ८ सय टन बढी चुनढुंगा उत्खनन गरेवापत ८९ लाख ६२ हजार ८ सय रुपैयाँ र कन्चन क्वेरिज प्रालिले ९४ हजार ९ सय ८२ टन बढी चुनढुंगा उत्खनन गरेवापत ६२ लाख ६८ हजार ८ सय १२ रुपैयाँ रोयल्टी तिरका थिए। 

यसैगरी उदयपुर मिनरल्स टेक प्रालिले ५९ हजार ९०६ टन बढी चुनढुंगा उत्खनन गरेवापत ३९ लाख ५३ हजार ७ सय ९६ रोयल्टी तिरेको विभागको विवरणमा उल्लेख छ।

 


प्रकाशित : शनिबार, माघ १५ २०७८१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend