आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २५ २०८१
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए।

बागलुङ- बागलुङ नगरपालिका-९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन्। उनीहरुले १ सय ४० रोपनीमा २ हजार २ सय ओखरका बिरुवा हुर्काएका छन्। 

दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए। हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन्।

ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ। ओखर फलाउन किसानको १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख अनुदान गरी २४ लाख रुपैयाँ लगानी भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए। 

'परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उहाँहरुले बैतडीबाट बिरुवा ल्याएर लगाउनु भएको छ, बिरुवा हुकिएका छन्', उनले भने। रासस

प्रकाशित : शुक्रबार, माघ २५ २०८११०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend