शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अव्यवहारिक शुल्क उठाउने काम बन्द गर्न आग्रह

images
शनिबार, माघ १५ २०७८
images
अव्यवहारिक शुल्क उठाउने काम बन्द गर्न आग्रह

संघका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको छ।

images
images

विराटनगर (माघ १५)- मोरङ व्यापार संघले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क/जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

images
images
images

संघका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको छ।

images
images

अध्यक्ष रिजालले मोरङ-सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधन फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायबाट विभिन्न शीर्षकमा शुल्क/जरिवाना असुल्ने कार्य भईरहेको बताए।

images
images

उनले औद्योगिक प्रयोजनले विराटनगर नाका मार्फत नेपाल भित्रिनु पर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज-जोगबनी-विराटनगर सडक खण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भिमनगर-भन्टाबारी नाकाका लागि रि-रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य रहेको बताएका छन्।

त्यसबाट नेपाली आयातकर्ताले लागत खर्च वृद्धिको मार परेको अवस्थामा नेपाली पक्षबाटसमेत त्यस प्रकारका अनुचित असुली हुँदा स्वदेशी उद्योग/व्यवसायलाई थप व्ययभार परेको तथा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने काम भईरहेको भन्दै उनले सो अनुचित असुली कार्यको तत्कालै अन्त्य गर्न सम्बन्धित निकायलाई यथाशिघ्र निर्देशनजारी गरिदिन आग्रह गरे। रासस


प्रकाशित : शनिबार, माघ १५ २०७८०७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend