शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

विद्यालय माघ मसान्तसम्म बन्द रहने

images
शुक्रबार, माघ १४ २०७८
images
विद्यालय माघ मसान्तसम्म बन्द रहने

कोभिड संक्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन सीसीएमसीले सिफारिस गरेको हो। 

images
images

काठमाडाैं- कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म बन्द गर्ने भनेका क्षेत्र माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ।

images
images
images

कोराेना संक्रमण जोखिम कायमै रहेको भन्दै विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको हो।

images
images

सीसीएमसीको शुक्रबार बसेको बैठकले शिक्षा मन्त्रालयलाई यस्तो सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो।

images
images

कोभिड संक्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन सीसीएमसीले सिफारिस गरेको हो। 

तर यसअघि निर्धारित परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने सीसीएमसीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, माघ १४ २०७८१३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend