सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १४ २०७८
images
५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त
images
images

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित मूल्यमा ५ करोड २२ लाख मूल्य बराबरको ५ लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने लागेको हो ।

images
images
images

निष्काशन गरिने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शुन्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरि बाँकी रहने चार लाख ८७ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले यही माघ २१ देखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ। सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम पाँच हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र यो अवधिसम्म माग बमोजिम आवेदन नआए आगामी फागुन ६ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।

images
images

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सेयर खरिदका लागी आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। 

images
images

कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी २५ करोड र हालको जारी पूँजी १६ करोड बराबरको तथा तत्कालको चुक्तापूँजी १० करोड ७८ लाख छ। विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको सेयरको बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी १६ करोड पुग्नेछ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ। रासस


प्रकाशित : शुक्रबार, माघ १४ २०७८०५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend