शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

तरकारी खेतीबाट राम्रो आम्दानी लिइरहेका किसान भन्छन् - विदेश जाने सोच कहिले पनि आएन

images
आइतबार, माघ २० २०८१
images
तरकारी खेतीबाट राम्रो आम्दानी लिइरहेका किसान भन्छन् - विदेश जाने सोच कहिले पनि आएन

तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारीखेती गर्दै आएका छन्।

images
images

गलकोट- बागलुङ नगरपालिका-९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका थिए। गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका थिए।

images
images
images

विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिन्छन्। उनले भने, 'पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ। यस वर्ष १२ केजी आठसय ८० ग्रामको काउली फलाउन सफल भएँ।'

images
images

उनले १८ रोपनी जग्गा तरकारीखेती गर्दै आएका छन्। आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए। स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० देखि १२ लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताए।

images
images

तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। खत्रीको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुईवटा हाइटेक र अन्य परम्परागत टनेल छन्।

खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताए। रासस


प्रकाशित : आइतबार, माघ २० २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend