शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टोयोटा बन्यो २०२१ मा विश्वको सर्वाधिक कार बिक्रेता कम्पनी

शुक्रबार, माघ १४ २०७८
टोयोटा बन्यो २०२१ मा विश्वको सर्वाधिक कार बिक्रेता कम्पनी

त्यस्तै २०२१ को दोस्रो धेरै कार बिक्रेता कम्पनी फक्सवागनले विश्वभर ८० लाख ९० हजार कार बिक्री गरेको हो।

काठमाडौं- जापानी कार निर्माता कम्पनी टोयोटा २०२१ मा विश्वको सर्वाधिक कार बिक्रेता कम्पनी बनेको छ। शुक्रबार सार्वजनिक विवरण अनुसार २०२१ मा टोयोटाको कार बिक्री अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशत बढेको हो। टोयोटाले कार बिक्रीमा जर्मन प्रतिस्पर्धी फक्सवागनलाई पछि पारेको हो। 

२०२१ मा टोयोटाले विश्वभर १ करोड ५ लाख कार बिक्री गरेको हो। यो तथ्यांक टोयोटाका साथै उसैको स्वामित्वमा रहेको डाइहात्सु मोटर र हिनो मोटर्सको समेत सवारी समावेश रहेको छ। 

त्यस्तै २०२१ को दोस्रो धेरै कार बिक्रेता कम्पनी फक्सवागनले विश्वभर ८० लाख ९० हजार कार बिक्री गरेको हो। यो संख्या २०२० को तुलनामा ५ प्रतिशत कम हो। फक्सवागनको विगत १० वर्षयताकै न्यून संख्या भएको रोयटर्सले लेखेको छ। 

२०२१ मा कार उत्पादकहरुले कोरोना महामारीका कारण भएको सेमिकन्डक्टर तथा पार्टस अभाव हुँदा उत्पादन कटौती गरेका थिए। तर अन्य कम्पनीको तुलनामा टोयोटाले अभाव कम झेलेको थियो।

युरोपका कार उत्पादकको तुलनामा एसियालीकार उत्पादक टोयोटाले सेमिकन्डक्टर र पार्टसको उपलब्धता व्यवस्थापन गर्न सकेकाले उसको उत्पादन थोरै मात्र कम देखिएको छ।


प्रकाशित : शुक्रबार, माघ १४ २०७८०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend