काठमाडौं-पाँच महिना पछि पहिलो पटक साधारण सेयर (आईपीओ) खुलेको छ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) को लागि आवेदन माग गरेको छ।
कम्पनीले माघ २१ देखि २५ गतेसम्म आवेदन खुला गर्ने समेत सूचना प्रकाशन गरेको छ। सर्वसाधारणका लागि ४ लाख ८७ हजार ९ सय कित्ता सेयरमा आईपीओ आवेदन माग गरिएको छ।
१०० प्रतिकित्ताका दरमा न्युनतम १० देखि ५२२० कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।