आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

जुम्लाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ११ २०८१
जुम्लाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण

कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्न मिनिटिलर वितरण गरिएको हो। छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनिटिलर अनुदानमा वितरण गरिएको हो।

जुम्ला- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका किसानलाई कृषि औजार वितरण गरेको छ। ५० प्रतिशत अनुदानमा १२ लाख ६२ हजार रुपैयाँबराबरका कृषि औजार वितरण गरिएको हो। 

परियोजनाअन्तर्गत गत वर्ष पनि ६२ मिनिटिलर (हाते ट्रयाक्टर) किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना प्रमुख खेमराज शाहीले जानकारी दिए।

कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्न मिनिटिलर वितरण गरिएको हो। छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनिटिलर अनुदानमा वितरण गरिएको प्रमुख शाहीको भनाइ छ।  

जिल्लाका आठवटै स्थानीय तहका कृषि उद्यमी, कृषि समूह र सहकारीलाई ५० प्रतिशत लागत साझेदारीमा मिनिटिलर (हाते ट्रयाक्टर) वितरण गरिएको हो।

प्रतिमिनिटिलर (हाते ट्रयाक्टर) ५० प्रतिशत लागत साझेदारीमा वितरण गरिएको हो। किसानले अनुदानमा मिनिटिलर लिने र प्रयोग नगर्ने समस्या रहेकाले अनुमगन गरिने परियोजना कार्यान्वयन एकाइ जुम्लाका सूचना अधिकारी पदम कार्कीले बताए। रासस 


प्रकाशित : शुक्रबार, माघ ११ २०८११३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend