मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

नेशनल लाइफले घाेषणा गर्‍याे ३ वर्षयताकै उच्च लाभांश

images
बिहीबार , माघ १३ २०७८
images
images
नेशनल लाइफले घाेषणा गर्‍याे ३ वर्षयताकै उच्च लाभांश

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत सेयर लाभांश र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

images
images

काठमाडाैं- नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले बिहीबार सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

images
images

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत सेयर लाभांश र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव बुधबार बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गरेको हो।

images
images

प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीको खातामा आउने छ।

images
images
images

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। १९ प्रतिशत बोनस पारित पछि इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ नाघ्ने छ।

प्रस्तावित २० प्रतिशत लाभांश नेशनलले दिएको पछिल्लो तीन वर्षयताकै उच्च हो। आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २६.३२ प्रतिशत (२५ प्रतिशत बोनस) लाभांश वितरण गरेको इन्स्योरेन्सले त्यसपछिका वर्षमा क्रमशः १३.५, १४.५ र १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।


प्रकाशित : बिहीबार , माघ १३ २०७८०६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend