शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सेगवे-नाइनबोटको इलेक्ट्रिक स्कुटर सार्वजनिक

बुधबार, माघ १२ २०७८
सेगवे-नाइनबोटको इलेक्ट्रिक स्कुटर सार्वजनिक

सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक बिक्रेता आई हव प्रालि हो। आई हव प्रालि व्यवसायिक घराना मुरारका समुह र ओलीज स्टोरको संयुक्त कम्पनी हो। 

काठमाडौं- सेगवे-नाइनबोटको इलेक्ट्रिक स्कुटर ई-१०० सार्वजनिक गरेको छ। सन् २००१ अमेरिकी कम्पनी सेगवेले दुई पांग्रे सेल्फ-ब्यालेन्सिङ सवारी उत्पादन गर्दै आएको र चिनियाँ ब्रान्ड नाइटबोटले विद्युतीय स्कुटर उत्पादन गर्दै आएको छ। सेगवेले २०१५ मा नाइनबोट कम्पनीको स्वामित्व लिएको थियो। 

सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरेतापनि विगतका वर्षहरुमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ। नाइनबोट खरिद गरेपछि सेगवे यस विधामा उत्कृष्ट प्रमाणित गर्दै आएको छ।  

सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक बिक्रेता आई हव प्रालि हो। आई हव प्रालि व्यवसायिक घराना मुरारका समुह र ओलीज स्टोरको संयुक्त कम्पनी हो। 

सेगवे नाइनबोट ई-१०० माघको तेस्रो सातादेखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध छ। आई हव केही समयपछि नेपाली बजारका लागि सेगवे ननाइनबोट स्कुटरका अन्य मोडलहरु पनि ल्याउने जनाएको छ। 

उत्कृष्ट सुरक्षाका सुविधाहरुको साथ आउने सेगवे ई-१०० चालक नबसेसम्म स्टार्ट हुँदैन। त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि चल्दैन। 

सेगवे ई-१०० मा किलेस सिस्टम रहेको छ। सिटको तल्लो भागमा रहेको २२ लि. क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने पर्याप्त ठाउँ उपलब्ध गराउँछ। 

नाइनबोट स्कुटर ई-१०० चार भिन्न आकर्षक रंगहरुमा उपलब्ध छ। विद्युतीय सवारी साधन भएपनि ई-१०० को तौल ८० केजी छ।

यो स्कुटर फुल चार्ज गर्न ७ घण्टा लाग्छ। डुअल ब्याट्री मोड अन्र्तगत यसमा २०० किमिसम्म यात्रा गर्न सकिने दाबी कम्पनीले गरेको छ। सेगवे नाइनबोट ई-१०० को मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको छ।

मोटरसाइकल व्यापारमा मुरारका समूहको प्रवेश


प्रकाशित : बुधबार, माघ १२ २०७८१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend