आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

लमजुङमा बढ्यो धान उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २ २०८१
लमजुङमा बढ्यो धान उत्पादन

लमजुङमा साबित्री, रामधान, सुक्खा-१, सुक्खा-२, सुक्खा-३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ।

लमजुङ- लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ। अनुकूल मौसम, उन्नत जातको धानको बीउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ।  

केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा  नौ हजार तीन सय एक हेक्टरमा धानखेती गरिएकामा ३१ हजार एक सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ। जब कि गत आवमा सोही क्षेत्रफलमा २८ हजार छ सय ४७ मेट्रिटन धान उत्पादन भएको थियो। गत आवको तुलनामा चालु आवमा दुई हजार पाँचसय ११ मेट्रिकटन धान बढी उत्पादन भएको हो।

केन्द्रका अनुसार आव २०७९/८० मा ३० हजार नौसय ८६ मेट्रिकटन, आव २०७८/७९ मा ३० हजार छसय ९८ मेट्रिकटन, आव २०७७/७८ मा ४४ हजार चारसय २५ मेट्रिकटन, आव २०७६/७७ मा ४४ हजार एकसय ५५ मेट्रिकटन, आव २०७५/७६ मा ४४ हजार पाँचसय ४५ मेट्रिकटन आव २०७४/७५ मा ४३ हजार आठसय ३० मेट्रिकटन धान उत्पादन भएको थियो।

लमजुङमा साबित्री, रामधान, सुक्खा-१, सुक्खा-२, सुक्खा-३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, माघ २ २०८११०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend