शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कालोसूचीमा राख्न ४ निर्माण कम्पनीलाई सोधियो स्पस्टीकरण

बुधबार, माघ १२ २०७८
कालोसूचीमा राख्न ४ निर्माण कम्पनीलाई सोधियो स्पस्टीकरण

कार्यालयले समयमा काम नगर्ने ती ठेकेदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न नपर्ने आाधार प्रमाण भए पेस गर्न भनेको हो। 

काठमाडौं- सार्जजनिक खरिद अनुगमन कार्यायले ४ निर्माण कम्पनीलाई लिखित स्पस्टीकरण पेस गर्न निर्देशन दिएको छ।

कार्यालयले समयमा काम नगर्ने ती ठेकेदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न नपर्ने आाधार प्रमाण भए पेस गर्न भनेको हो। 

कार्यालयले बुधबार ४ कम्पनी कर्णाली विल्डर्स, तितुङ कन्स्ट्रक्सन, कुशलदेश निर्माण सेवा, एसियन मोर्डन जेभीलाई कालो सूची राख्नु पर्ने भए स्पस्टीकरण पेस गर्न भनेको हो। एसियन मोर्डन जेभीअन्तर्गत दुई कम्पनी एसियन लेटर इन्डिस्ट्रिज र मोर्डन सुजलाई प्रहरी प्रधान कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको हो। 

यी कम्पनीहरुलाई ३० दिन भित्र कालोसूचीमा नराख्नु पर्ने कारण पेस गर्ने समय खरिद अनुगमन कार्यालयले ताकेता गरेको थियो। तर सो अवधिमा लिखित स्पस्टीकरण बुझाउन नआएकाले ७ दिने अर्को सूचना कार्यालयले निकालेको हो।  


प्रकाशित : बुधबार, माघ १२ २०७८०५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend