शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

विद्युतीय स्कुटर ल्याएर चर्चा कमाएको ओलाले कार पनि ल्याउने

images
मंगलबार, माघ ११ २०७८
images
विद्युतीय स्कुटर ल्याएर चर्चा कमाएको ओलाले कार पनि ल्याउने

यो घोषणासँगै विद्युतीय मोबिलिटी स्टार्टप ओलाको भ्यालुएसन ५ अर्ब डलर पुगिसकेको छ। 

images
images

काठमाडौं- ओला इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत भाविश अग्रवालले विद्युतीय कारको कन्सेन्ट तस्बिर सार्वजनिक गरेका छन्। यो कार आगामी वर्षसम्म उत्पादन हुने अनुमान गरिएको छ। अग्रवालले तस्बिर बाहेक अन्य विवरण भने सार्वजनिक गरेका छैनन्। 

images
images
images

ओलाले विद्युतीय स्कुटर भने सार्वजनिक गरिसकेको छ। कम्पनीले एसवान र एसवान प्रो गरि दुई मोडल बजारमा ल्याइसकेको छ। ओलाले थप २० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा समेत गरिसकेको छ। यो घोषणासँगै विद्युतीय मोबिलिटी स्टार्टप ओलाको भ्यालुएसन ५ अर्ब डलर पुगिसकेको छ। 

images
images

हाल ओलाको प्लान्ट तमिलनाडूमा रहेको छ। ओलाले अहिले आफू विश्वकै ठूलो विद्युतीय दुईपांग्रे सवारी उत्पादक भएको दाबी गरेको छ। ओलाले २०२३ सम्ममा कार उत्पादन गर्ने अनुमान गरिएको छ।

images
images


प्रकाशित : मंगलबार, माघ ११ २०७८१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend