शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विद्युतीय स्कुटर ल्याएर चर्चा कमाएको ओलाले कार पनि ल्याउने

मंगलबार, माघ ११ २०७८
विद्युतीय स्कुटर ल्याएर चर्चा कमाएको ओलाले कार पनि ल्याउने

यो घोषणासँगै विद्युतीय मोबिलिटी स्टार्टप ओलाको भ्यालुएसन ५ अर्ब डलर पुगिसकेको छ। 

काठमाडौं- ओला इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत भाविश अग्रवालले विद्युतीय कारको कन्सेन्ट तस्बिर सार्वजनिक गरेका छन्। यो कार आगामी वर्षसम्म उत्पादन हुने अनुमान गरिएको छ। अग्रवालले तस्बिर बाहेक अन्य विवरण भने सार्वजनिक गरेका छैनन्। 

ओलाले विद्युतीय स्कुटर भने सार्वजनिक गरिसकेको छ। कम्पनीले एसवान र एसवान प्रो गरि दुई मोडल बजारमा ल्याइसकेको छ। ओलाले थप २० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा समेत गरिसकेको छ। यो घोषणासँगै विद्युतीय मोबिलिटी स्टार्टप ओलाको भ्यालुएसन ५ अर्ब डलर पुगिसकेको छ। 

हाल ओलाको प्लान्ट तमिलनाडूमा रहेको छ। ओलाले अहिले आफू विश्वकै ठूलो विद्युतीय दुईपांग्रे सवारी उत्पादक भएको दाबी गरेको छ। ओलाले २०२३ सम्ममा कार उत्पादन गर्ने अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, माघ ११ २०७८१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend