आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको प्रारम्भिक अनुमान, गत वर्षभन्दा ४.०४ प्रतिशतले बढी

शुक्रबार, पुस १९ २०८१
चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको प्रारम्भिक अनुमान, गत वर्षभन्दा ४.०४ प्रतिशतले बढी

औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टरमा पुगि हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको जनाइएको छ।

काठमाडौं- चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान गरिरएको छ। जुन उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी हो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रक्षेपणअनुसार धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले यो अंक प्राप्त हुन आएको देखिन्छ।

वर्षे र चैते दुबै गरी चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको जनाइएको छ। जुन गत आर्थिक वर्ष को तुलनामा १.२८ प्रतिशतले कम हो।

औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टरमा पुगि हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको जनाइएको छ। यसैगरी सोहि अवधिमा चैते धान र वर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ।

कृषि क्षेत्रको जिम्मेवारीमा रहेका प्रादेशिक मन्त्रालयहरुबाट प्राप्त जिल्लागत धान बालीसम्बन्धी आँकडा, इसिमोडको प्राविधिक सहयोगमा प्रक्षेपण गरिएको हो।

चालु आर्थिक वर्षमा मनसुन औषतभन्दा तीन दिन अगाडि सक्रिय हुन पुगेको र सो अबधिमा औषत वर्षा गत आर्थिक वर्षको सरदरभन्दा उच्च रहन जाँदा वर्षे धान बालीको लागि सहयोगी सिद्ध हुन पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेशगत विवेचना गर्दा कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा कुल धान उत्पादनमा वृद्धि भएको छ भने बाँकी तीन प्रदेशका उत्पादन वृद्धि नकरात्मक रहन गएको मन्त्रालयले जनाएको छ।

पछिल्लो विश्लेषणअनुसार रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कम रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमि आएको छ।

यसैगरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखा परी उत्पादनमा कमि आउँदा र लमजुङमा धान बाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्र्याइएको क्षेत्रफलमा कमि आइ उत्पादनमा केही कमी हुन आएको जनाइएको छ।

पछिल्ला वर्षमा जस्तै यसवर्ष पनि चैते धानको उत्पदकत्व वर्षे धानको भन्दा उच्च कायम रहन गएको जनाइएको छ।


प्रकाशित : शुक्रबार, पुस १९ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend