शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दिपल ईभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

‘न्यु इयर, न्यु दिपल’ : नयाँ वर्ष २०२५ को अवसरमा एमएडब्लू वृद्धिको योजना

बुधबार, पुस १७ २०८१
दिपल ईभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब ईभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक ईभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सकिने कम्पनीले जनाएको छ।

काठमाडौं- नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदर मै दिपलका ईभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ। 

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब ईभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक ईभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सकिने कम्पनीले जनाएको छ।  

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि(एनआईएमबी)सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ। 

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउन सक्ने जनाइएको छ।

'सन् २०२४ मा नेपालमा दिपल ईभीले चुमेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको हो ताकि प्रिमियम ईभीको मालिक बन्ने सपना सहजै पूरा होस्' कम्पनीले भनेको छ। 

दिपल एस०७ र दिपल एल०७ मा १५ भन्दा बढी फर्स्ट टाइम इन नेपाल विशेषताहरु छन् जसले दिपल ईभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको ईभी बनाइदिएको कम्पनीको विश्वास छ।

यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका विशेषताहरु छन्।

दिपलको क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण चर्चित दिपल ईभीले छोटो समयमै नेपालमा सात सय वटाभन्दा बढी बिक्री भइसकेको कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, पुस १७ २०८११८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend