आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आनुवंशिक परिवर्तन गरिएको बीउमा उदार बन्दै चीन

बिहीबार , पुस १८ २०८१
आनुवंशिक परिवर्तन गरिएको बीउमा उदार बन्दै चीन

पछिल्लो समय चीनको कृषि उत्पादनको आयात बढ्दै गएको छ। यस्तोमा धेरै उत्पादन हुने तथा रोगप्रतिरोधात्मक जीएम बिउको आयात तथा उत्पादनमा अनुमति दिएको छ।

काठमाडौं- पश्चिमा मुलुकमा प्रचलित भइसकेको जीएमओ खेती (आनुवंशिक परिवर्तन गरिएको) मा चीन पनि उदार बन्दै गएको छ। मकैबाट आनुवंशिक परिवर्तनलाई अनुमति दिएको चीनले अहिले थप १२ बालीमा विस्तार गरेको छ। 

यसअघि चीनले पहिलोपटक अनुवंश परिवर्तन गरिएको मकैको बीउलाई अनुमति दिएको थियो। नियन्त्रित ठाउँमा मात्र खेतीको अनुमति दिइएको थियो। 

कृषि तथा बीउ विकास सम्बन्धित संस्थाले हालसम्म आधिकारिक रुपमा १७ बालीलाई सुरक्षाको प्रमाणपत्र जारी गरिसकेको छ। चीनले धेरै समयदेखि जीएमओको अनुसन्धान गरिरहेको थियो। पछिल्लोपटक चीनले भटमास र गहुँको जीएम बीउलाई अनुमति दिएको छ। 

पछिल्लो समय चीनको कृषि उत्पादनको आयात बढ्दै गएको छ। यस्तोमा धेरै उत्पादन हुने तथा रोगप्रतिरोधात्मक जीएम बीउको आयात तथा उत्पादनमा अनुमति दिएको छ। 

पश्चिमा कम्पनीहरूको बीउ आयात हुने र त्यसले आन्तरिक अनुसन्धान प्रभावित हुने भन्दै चीनले यसअघि अनुमति दिएको थिएन। चीनले खेतीका लागि अनुमति नदिए पनि जीएमओ भटमास र मकैको आयात भने खुला गर्दै आएको थियो। जनावरको दानाका लागि उपयोग गर्नका लागि यस्तो आयात अनुमति चीनले पहिले नै दिएको छ। 

चीनले अहिले नै पूर्ण व्यावसायिक उत्पादनका लागि जीएमओलाई खुला गर्न लागेको भने होइन। अहिलेका लागि यो ठूलो स्केलको परीक्षण मात्र हो। पश्चिमा बीउ उत्पादक कम्पनीहरूका लागि सुखद् समाचार रहेको चिनियाँ अधिकारीहरूले उल्लेख गरेका छन्।

चीनले जीएमओ खेती खुला गरेपछि आफ्नो व्यापार बढ्नेमा पश्चिमा कम्पनीहरू आशावादी रहेका छन्। 


प्रकाशित : बिहीबार , पुस १८ २०८११०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend