आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

२५ लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन

मंगलबार, पुस १६ २०८१
२५ लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन

प्रदेश सरकारसँगको समन्वयमा  पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो।

सुन्दरहरैँचा- सुन्दरहरैँचा नगरपालिकाले २५ रूपैयाँ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ। प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो।

कार्यक्रमअन्तर्गत दुईसय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिए। कार्यक्रममा २१ किसान परिवार सहभागी छन्।

सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उनको तर्क छ। मौरीपालनले महका साथै तोरी उत्पादनमा पनि मद्दत पुग्ने उनले बताए। रासस


प्रकाशित : मंगलबार, पुस १६ २०८११४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend