शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मुलकोटमा दिगो ग्रुपको चार्जिङ स्टेशन 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
मुलकोटमा दिगो ग्रुपको चार्जिङ स्टेशन 

दिगो ग्रुप अफ कम्पनीजले सिन्धुलीको मुलकोटमा विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ।

काठमाडौं- दिगो ग्रुप अफ कम्पनीजले सिन्धुलीको मुलकोटमा विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ।

कम्पनीले सुनकोशी गाउँपालिकामा पर्ने मुलकोटमा अहिले ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ। यो चार्जरले बीपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा विश्वास कम्पनीको छ। आवश्यकता अनुसार थप्न सकिने कम्पनीकको भनाइ छ।

अहिले काठमाडौं-सिन्धुली रुटमा दिगोबाट बिक्रि गरिएका विद्युतीय माइक्रोबसहरु संचालनमा रहेका छन्। डिफएसके ब्रान्डको सो विद्युतीय सवारी २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो। 
मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ।

फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने सक्ने दिगोले जनाएको छ। 

दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ। निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने कम्पनीको योजना छ। 

दिगो चार्ज प्वाइन्ट निजी क्षेत्रबाट भएको महत्वपूर्ण पहल भएको दिगो ग्रुप अन्तर्गतको एलइभीका प्रमुख कार्यकारी अधिकृत दिपक थापाले बताए। 


प्रकाशित : आइतबार, भदौ २७ २०७८०६:४०
  • सम्बन्धित विषय:

  • # चार्जिङ स्टेसन
  • # दिगाे ग्रुप
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend