आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सङ्खुवासभामा यो वर्ष ३४ करोडभन्दा बढीको सुन्तला कारोबार

बिहीबार , पुस ११ २०८१
सङ्खुवासभामा यो वर्ष ३४ करोडभन्दा बढीको सुन्तला कारोबार

पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा सङ्खुवासभामा यस वर्ष सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो।

सङ्खुवासभा- जिल्लामा यो वर्ष ३४ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ। सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो।

यो वर्षको हालसम्म ३४ करोड ८५ लाख रूपैयाँको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए। पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ।

'यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्‍याएपछि उत्पादन बढ्दै जान थालेको हो। जिल्लामा गत वर्ष १९ करोड ९३ लाख ९१ हजार रूपैयाँको सुन्तला बिक्री भएकामा यसवर्षको हालसम्म ३४ करोड रूपैयाँभन्दा बढीकाे कारोबार भइसकेको छ', प्रमुख यावदले भने।

यो वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ।

परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए। उनका अनुसार जिल्लाभरि एक हजार एकसय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये ६ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ।

उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो एकसय रूपैयाँमा बिक्री भइरहेको छ। सङ्खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ। यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौंसम्म पुग्ने गर्दछ। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८११२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend