मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवाब्याज भुक्तानीमा खर्च

images
मंगलबार, पुस ९ २०८१
images
images
सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवाब्याज भुक्तानीमा खर्च

सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ४७ अर्ब रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा मङ्सिर मसान्तसम्ममा एक खर्ब ९२ अर्ब २९ करोड रूपैयाँ ऋण उठाइसकेको छ। वार्षिक लक्ष्यको तुलनामा पाँच महिनाको कुल सार्वजनिक ऋण प्राप्ति ३५ दशमलव १५ प्रतिशत बराबर हो।

images
images

काठमाडौं- सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ। विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ।

images
images
images

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब २५ खर्ब रूपैयाँ हाराहारी छ।

images
images

'चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रूपैयाँ रहेकामा मङ्सिर मसान्तसम्ममा ५८ अर्ब ३१ करोड रूपैयाँ थप भइ कुल सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ९१ करोड रूपैयाँ पुगेको छ। जुन कुल गार्हस्थ उत्पादनको ४३ दशमलव ६९ प्रतिशत हुन आउँछ', प्रतिवेदनमा भनिएको छ, 'मङ्सिर महिनामा ५८ अर्ब २४ करोड रूपैयाँ ऋण दायित्व भुक्तानी तथा २१ अर्ब २३ करोडमात्र ऋण प्राप्ति भएको र विनिमय दरमा भएको घटबढको प्रभावले कात्तिक मसान्तसम्मको तुलनामा मङ्सिर मसान्तसम्ममा २५ अर्ब ६४ करोड रूपैयाँ ऋण दायित्व घट्न गएको छ।'

images
images
images

कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी आन्तरिक ऋणको दायित्व १२ खर्ब १७ अर्ब ६६ करोड १८ लाख रूपैयाँ अर्थात् कुल सार्वजनिक ऋणको २१ दशमलव ३४ प्रतिशत छ। त्यसैगरी बाह्य ऋण दायित्व १२ खर्ब ७४ अर्ब ७५ करोड रूपैयाँ अर्थात् २२ दशमलव ३५ प्रतिशत छ।

सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ४७ अर्ब रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा मङ्सिर मसान्तसम्ममा एक खर्ब ९२ अर्ब २९ करोड रूपैयाँ ऋण उठाइसकेको छ। वार्षिक लक्ष्यको तुलनामा पाँच महिनाको कुल सार्वजनिक ऋण प्राप्ति ३५ दशमलव १५ प्रतिशत बराबर हो।

चालु आर्थिक वर्षका लागि आन्तरिक ऋणतर्फ तीन खर्ब ३० अर्ब रूपैयाँ उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको ४९ दशमलव ७० प्रतिशत अर्थात् एक खर्ब ६४ अर्ब रूपैयाँ बराबर ऋण उठाइसकेको छ।

यसैगरी दुई खर्ब १७ अर्ब रूपैयाँ बाह्य ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १३ दशमलव ०४ प्रतिशत अर्थात् २८ अर्ब २९ करोड १८ लाख रूपैयाँ प्राप्त भएको छ। सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालु आर्थिक वर्षका लागि चार खर्ब दुई अर्ब रूपैयाँ बजेट छुट्याइएको छ। मङ्सिर मसान्तसम्ममा एक खर्ब ७० अर्ब ४९ करोड रूपैयाँ साँवा ब्याज भुक्तानी भएको कार्यालयले जनाएको छ।

कुल गार्हस्थ उत्पादनको आधारमा मङ्सिर मसान्तसम्मको कुल ऋण सेवा खर्च दुई दशमलव ९९ प्रतिशत रहेको छ। सरकारले विकास निर्माणमा विनियोजन गर्ने वार्षिक बजेट अर्थात् पुँजीगत शीर्षकको तुलनामा सरकारी ऋणको साँवा ब्याज तिर्न छुट्याइने बजेट बढी छ।

चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। जबकी सरकारी ऋणको साँवा ब्याज तिर्न चालु आर्थिक वर्षका लागि चार खर्ब दुई अर्ब रूपैयाँ बजेट छुट्याइएको छ।

यी दुई शीर्षकमा मङ्सिर मसान्तसम्म भएको खर्चको अवस्था हेर्ने हो भने पुँजीगत बजेट खर्च भन्दा ऋणको साँवा ब्याज तिर्न भएको खर्च करिब साढे चार गुणाले बढी छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म सरकारको पुँजीगत खर्च ४० अर्ब ८० करोड रूपैयाँ मात्रै छ। रासस


प्रकाशित : मंगलबार, पुस ९ २०८११३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend