शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित

images
मंगलबार, पुस ९ २०८१
images
हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित

जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।

images
images

सिमकोट-  हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो।

images
images
images

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए। यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ।

images
images

जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ। चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए। जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।

images
images

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ। जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ।

हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन्। रासस


प्रकाशित : मंगलबार, पुस ९ २०८११०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend