आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

सोमबार, पुस ८ २०८१
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो।

फुङ्लिङ- यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो।

यो वर्ष पाँचसय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताए। यो अघिल्लो वर्षको तुलनामा छ मेट्रिकटनले बढी हो।

यो वर्षको उत्पादनबाट ताप्लेजुङका किसान उत्साहित भएका जनाउँदै उनले स्थानीयस्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत मिलेको बताए। अझ अधिक उत्पादनका निम्ति किसानलाई उन्नत बीउ, मलखाद र यन्त्रको उपयोगमा जोड दिन सुझाउने उनले बताए। रासस


प्रकाशित : सोमबार, पुस ८ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend