शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर

images
आइतबार, पुस ७ २०८१
images
पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार सातसय रूपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ।

images
images

गण्डकी- पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ।

images
images
images

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको जनाकारी दिइन्।

images
images

पूर्वगृहमन्त्री लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार सातसय रूपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको उनले बताइन्। यस्तै जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार रूपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरिएको छ। अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताइन्।

images
images

लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा र  ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ। सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ।

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताए।

सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। रासस


प्रकाशित : आइतबार, पुस ७ २०८११५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend