शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रेनो र जीलीले साझेदारी गरेर पसे कोरिया, एसियाभर निर्यात गर्ने लक्ष्य

सोमबार, माघ १० २०७८
रेनो र जीलीले साझेदारी गरेर पसे कोरिया, एसियाभर निर्यात गर्ने लक्ष्य

ती कार भोल्भोले विकास गरेको ‘कम्प्याम्ट मोडुलर आर्किटेक्चर’ वा सीएमए प्लेटफर्ममा बन्ने छ। 

काठमाडौं- चिनियाँ अटोमोबाइल कम्पनी जीली र फ्रान्सको रेनो ग्रुप संयुक्त रुपमा दक्षिण कोरियाली बजारमा प्रवेश गर्ने भएका छन्। यी दुई कम्पनीले कोरियाली बजारमा हाइब्रिड इलेक्ट्रिक कार उत्पादनमा संयुक्त रुपमा गर्ने समझदारी गरेका हुन्। 

चिनियाँ कम्पनी जीली स्वीस कम्पनी भोल्भो र पोलस्टारको समेत माउ कम्पनी हो। जीली र रेनोले न्यून प्रदूषण गर्ने सवारी र विद्युतीय सवारीमा केही समय अघिदेखि नै साझेदारी गरिरहेका छन् भने यसलाई उनीहरुले कोरियासहित एसियाली बजारमा समेत निरन्तरता दिएका हुन्। 

एसियाली बजारमा बढ्दै गएको शून्य प्रदूषण सवारीको मागलाई सम्बोधन गर्न जीली र रेनोले भोल्भोको प्रविधिमा आधारित रहेर कार उत्पादन गर्ने भएका हुन्। एसियाली बजारका लागि रेनो ब्रान्डमा कार उत्पादन हुने छन्। ती कार भोल्भोले विकास गरेको ‘कम्प्याम्ट मोडुलर आर्किटेक्चर’ वा सीएमए प्लेटफर्ममा बन्ने छ। 

जीली होल्डिङ र रेनो ग्रुपबीच २० वर्षदेखि सफल साझेदारी भएकाले दक्षिण कोरियाली अटो उद्योगमा अझ परिस्क्रित रुपमा देखिने विश्वास दुबै कम्पनीले गरेका छन्। दुई कम्पनीको साझेदारीमा २०२४ भित्र कोरियाबाट कार उत्पादन हुने अनुमान गरिएको छ। 


प्रकाशित : सोमबार, माघ १० २०७८०४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend