आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ४ २०८१
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ। मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५-२० सेन्टिमिटर हुन्छ।

झापा- झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ। कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो। 

ती स्थानमा बिर्तामोड नगरपालिका-९, कचनकवल गाउँपालिका-१ र बाह्रदशी गाउँपालिका-६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।

कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उनले बताए। यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उनको भनाइ छ। 

यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ। मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५-२० सेन्टिमिटर हुन्छ।

हाल गरिएको नमूना खेतीमा डिएपी मल र बीउ एकै पटक राखिएको छ। जिल्लामा गत वर्ष ४४ हजार हेक्टरमा मकैखेती गरिएको थियो भने उत्पादकत्व सात टन प्रतिहेक्टर रहेको जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , पुस ४ २०८११०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend