शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

बेमौसमी पानीले आलुमा क्षति, बेर्ना कुहिएपछि डुडुवामा दोस्रोपटक रोपियो

images
मंगलबार, पुस २ २०८१
images
बेमौसमी पानीले आलुमा क्षति, बेर्ना कुहिएपछि डुडुवामा दोस्रोपटक रोपियो
फाइल तस्बिर

गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्‍याएको थियो। दोस्रोपटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शंका गरेका छन्।

images
images

नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रोपटक रोपेका छन्। गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्‍याएको थियो।

images
images
images

दोस्रोपटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शंका गरेका छन्। चिसो सुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ। कालाबञ्जरका नरेन्द्र कुम्हारले दुई लाख रूपैयाँ खर्च गरेर पुनः आलु रोपेको बताए। पहिले आलु रोप्दा उनले तीन लाख रूपैयाँभन्दा बढी खर्च गरेका थिए।

images
images

'दोस्रो पटक आलुको बीउ किनेर रोपियो तर मल हाल्नु परेन', उनले भने। नरेन्द्रले १७ कठ्ठा जग्गामा आलु खेती गरेका छन्। 'पहिले लगाएको आलु बेमौसमी पानीले सखाप पार्‍यो, जग्गा त्यत्तिकै राख्ने कुरा भएन, आफन्तसँग सापट र ऋण गरेर आलु रोपेका छौँ' उनले भने। स्थानीय रमेश मौर्यले पहिले रोपेको आलु बेमौसमी पानीले गर्दा नउम्रिएपछि सहकारीबाट ऋण लिएर पुनः रोपेको बताए।

images
images

हिरमिनिया आलुको पकेट क्षेत्र मान्निछ। यहाँका सबै किसानले आलुखेती गर्छन्। बेमौसमी पानीले आलु बारी डुबान भएको थियो। तीन दिनसम्म डुवानमा परेपछि आलुको बीउ सबै कुहिएको थियो। जेनेरेटर लगाएर पानी फालेका किसानले बेर्ना उम्रिने आशा गरेका थिए। केही किसानको थोरै बेर्ना उम्रिए पनि अधिकांशको उम्रिएन। आलु पुनः रोप्न पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुर लगायतका तरकारी लगाएका छन्।

हिरमिनियामा सबैभन्दा धेरै आलु लगाउने किसान जयपाल मौर्य छन्। उनले ड्याङ बनाएर आलु रोपेकाले केही बेर्ना उम्रिएको बताए। नउम्रिएको ठाउँमा फेरि रोपेका छन्। स्थानीय रमेश मौर्यले दोस्रोपटक पाँच हजार क्वीन्टलका दरले बीउ किनेर आलु रोपेको बताए।

डुडुवा गाउँपालिका-६ का वडाध्यक्ष मोहनराम मिश्रले किसानले लगाएको आलुको क्षतिपूर्तिको माग गरेको बताए। उनका अनुसार हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका सबै किसानले आलु खेती गरेका छन्। रासस


प्रकाशित : मंगलबार, पुस २ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend