शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
सोमबार, पुस १ २०८१
images
तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- आइतबार प्रतितोला २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने प्रतितोला चारसय रूपैयाँले बढेको छ।

images
images
images

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो साता आइतबार सुन प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images

आइतबार प्रतितोला २० रूपैयाँले बढेको चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ।

images
images

महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ४० रूपैयाँ कायम छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 


प्रकाशित : सोमबार, पुस १ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend