काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
यो साता आइतबार प्रतितोला चारसय रूपैयाँले घटेर सोमबार प्रतितोला चारसय र मंगलबार प्रतितोला दुई हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढेको थियो। बिहीबार भने मूल्यमा परिवर्तन भएको छैन।
बुधबार प्रतितोला एक लाख ५४ हजार दुईसय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी पनि बिहीबार सोही मूल्यमा कारोबार भइरहेको छ।