शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यामाहाद्वारा काठमाडौंमा 'रिजनल सेल्स स्किल्स' प्रतियोगिताको आयोजना

बुधबार, मंसिर २६ २०८१
यामाहाद्वारा काठमाडौंमा 'रिजनल सेल्स स्किल्स' प्रतियोगिताको आयोजना

यो प्रतियोगिता यामाहाको क्षेत्रीय बिक्री प्रतियोगिताको सुरुवातमात्र भएको र अन्य क्षेत्रहरूमा पनि चाँडै नै यस्तै कार्यक्रमहरू गर्ने योजना यामाहाको रहेको छ।

काठमाडौं- यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ।

बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा काठमाडौंका आयोजित प्रतिस्पर्धामा यामाहाका विभिन्न डिलरसिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको लागि योग्य सहभागीहरूले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्यांकन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए। सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरसिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए।

शीर्ष तीन प्रदर्शन गर्ने प्रतिस्पर्धीहरुको घोषणासँगै प्रतियोगिता समापन गरिएको कम्पनीले जनाएको छ। प्रतिस्पर्धामा सल्लाघारीस्थित द ह्विल्स प्रालिका विकास रञ्जितकार विजेता भएका छन् भने पहिलो रनरअप एमएडब्लू प्रालि बल्खुकी कुश्मा देवकोटा र दोस्रो रनरअप गोर्खा  मनकामना अटो इन्टरप्राइज, रातोपुलका सुमित महर्जन भएका छन्।

प्रतियोगितामा काठमाडौंका यामाहा डिलरसिप र शोरुमहरुको उत्साहजनक सहभागिता रहेको थियो। सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए। सहभागीहरूमध्ये विजेताहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

यस अवसरमा यामाहा नेपालका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले विजेता, पहिलो रनरअप र दोस्रो रनरअपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। 

सबै सहभागीहरूले आ-आफ्नो प्रयास र ब्रान्डको मूल्यहरूप्रतिको प्रतिबद्धताको मान्यता स्वरूप प्रशंसाको प्रतीकको रूपमा सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए।

यो प्रतियोगिता यामाहाको क्षेत्रीय बिक्री प्रतियोगिताको केवल सुरुवात मात्र भएको र अन्य क्षेत्रहरूमा पनि चाँडै नै यस्तै कार्यक्रमहरू गर्ने योजना यामाहाको रहेको छ। यस्ता पहलहरूमार्फत यामाहा नेपालले आफ्ना बिक्री परामर्शदाताहरूले उत्कृष्टताका लागि यामाहाको विश्वव्यापी प्रतिष्ठासँग मिल्ने प्रिमियम अनुभव प्रदान गर्ने सुनिश्चित गर्दै ग्राहक सेवाको स्तरलाई माथि उठाउन जारी राखेको छ।

एमएडब्लू राइड्सको सहायक कम्पनी यामाहा नेपाल दुई पाङ्ग्रे सवारीसाधन बजारमा अग्रणी कम्पनी हो जो आफ्नो नवीन प्रविधि, असाधारण प्रदर्शन र अतुलनीय विश्वसनीयताका लागि परिचित छ। सेल्स स्किल्स कन्टेस्टजस्ता पहलहरूमार्फत यामाहाले प्रतिभालाई बढावा दिने र उत्कृष्ट ग्राहक सन्तुष्टि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ बनाएको जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर २६ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend