मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

६ महिनामा १० विकास बैंकहरूको ३ अर्ब २८ करोड नाफा, ६ बैंकको नाफा बढ्दा ४ को घट्यो

images
शनिबार, माघ ८ २०७८
images
images
६ महिनामा १० विकास बैंकहरूको ३ अर्ब २८ करोड नाफा, ६ बैंकको नाफा बढ्दा ४ को घट्यो
images
images

काठमाडौं- १० विकास बैंकहरूले चालू आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा मुक्तिनाथ, गरिमा, महालक्ष्मी, लुम्बिनी, शाइन रेसुङ्गा, ज्योति, कामना सेवा, सांग्रिला, मितेरी र सिन्धु विकास बैंक रहेका छन्। १० बैंकले ६ महिनामा ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका छन्। 

images
images

विकास बैंकहरूमा ६ वटाको नाफा बढेको छ भने ४ वटाको नाफा घटेको छ। मितेरी, कामना सेवा, ज्याेति विकास र मुक्तिनाथ विकास बैंकबाहेक अन्यको खुद नाफा बढेको छ। 

images
images

सबैभन्दा बढी नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले ६ महिनामा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ। नाफा कमाउनेमा धेरै भएपनि गतवर्ष भन्दा घटेको छ।

images
images
images

मुक्तिनाथले २०७७ पुस मसान्तसम्ममा ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। प्रतिशतको दरमा सबैभन्दा बढी नाफा बढाउने सांग्रिला डेभलपमेन्ट रहेको छ। ४० प्रतिशतले नाफा बढाएको बैंकले २४ करोड ५१ लाख रुपैयाँ पुर्‍याएको छ। जुन गत आवको पुससम्ममा १८ करोड ७१ लाख रुपैयाँ थियो।

सिन्धु विकास बैंकले पुस मसान्तसम्ममा ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ। प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा घटाउनेमा कामना सेवा परेको छ। गत वर्षको तुलनामा बैंकको नाफा ११.९० प्रतिशतले घटेको छ।

bikas bank .png

 


प्रकाशित : शनिबार, माघ ८ २०७८११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend