शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विद्युतीय कार परियोजनाका लागि साझेदार खोज्दै सोनी

शनिबार, माघ ८ २०७८
विद्युतीय कार परियोजनाका लागि साझेदार खोज्दै सोनी

सोनीले केही समयअघि अमेरिकाको लस एन्जलसमा भएको सीईएसमा सोनी विद्युतीय कार सार्वजनिक गरेको थियो।

काठमाडौं- जापानी प्रविधि कम्पनी सोनीले विद्युतीय सवारी परियोजनाका लागि नयाँ साझेदारको खोजीमा रहेको जनाएको छ। सोनी ग्रुपले विद्युतीय सवारी उत्पादनमा निक्कै चासो देखाएको छ। 

सोनीले केही समयअघि अमेरिकाको लस एन्जलसमा भएको सीईएसमा सोनी विद्युतीय कार सार्वजनिक गरेको थियो। सोनीले सार्वजनिक गरेका कार स्वचालित र फाइभजी कनेक्टिभिटी सहितका थिए। 

त्यसैले सोनीले हालका आईसी इन्जिन कार निर्माता भन्दा नयाँ निर्माताहरुसँग साझेदारी गर्ने इच्छा व्यक्त गरेको छ। सोनीले बनाएको दुई भिजन कार अस्ट्रियामा बनाएको थियो। अस्ट्रियाको उक्त फ्याक्ट्री क्यानेडियन अटो पार्ट निर्माता कम्पनी मग्ना इन्टरनेसनलको स्वामित्वको हो। यो कम्पनीले बीएमडब्लू, मर्सिडिज र टोयोटासँग समेत साझेदारी गर्दै आएको छ। 

सोनीले निक्कै आकर्षक र प्रविधियुक्त कारको कन्सेप्ट सार्वजनिक गरिसकेको छ। त्यही अनुसार कार उत्पादन गर्न उसले साझेदार खोजिरहेको हो। 

टेस्लाले पहिलोपटक २००८ मा विद्युतीय कार सार्वजनिक गरेको थियो। त्यसयता कम्पनीले अर्बौं डलर लगानी गरिसकेको छ भने करिब दर्जन मोडल बजारमा ल्याइसकेको छ। त्यस्तै अन्य परम्परागत कार निर्माता कम्पनीहरु टोयोटा, जनरल मोटर, फक्सवागन, फोर्डलगायत कम्पनीले समेत विद्युतीय कार निर्माणका लागि अर्बौं डलर लगानीको घोषणा गरिसकेका छन्। त्यस्तै दर्जनौं मोडल बजारमा समेत ल्याइसकेका छन्। 

यो अवस्थामा सोनीले ल्याउने कार मूल्य, डिजाइन, पावरलगायत सबै हिसाबले प्रतिस्पर्धी हुनुपर्ने चुनौती छ। त्यसैका लागि उनले उपयुक्त साझेदारको खोजी गरिरहेको हो।    


प्रकाशित : शनिबार, माघ ८ २०७८१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend