आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

हुम्लामा चिसो बढ्दै गएपछि बेँसी झर्न थाले भेडाबाख्रा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
हुम्लामा चिसो बढ्दै गएपछि बेँसी झर्न थाले भेडाबाख्रा

बाजुरा, अछाम, सुर्खेतलगायतका क्षेत्रमा हुम्लाबाट भेडाबाख्रा पालनका लागि लैजाने गरिन्छ। भेडाबाख्रा व्यवसायीले चामल, दाललगायत सामग्री बोकेर घरघरमा पुगेर व्यापरसमेत गर्छन्।

हुम्ला- हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन्। विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन्। 

चिसो अत्यधिक बढेपछि भेडाबाख्रासहित हिउँदयाममा बेँसी झर्न थालेका भेडाबाख्रा व्यवसाय गर्दै आउनुभएका सिमकोट गाउँपालिका-२ ठेहेका राजेन्द्र बोहराले बताए। उनले भने, 'जाडोले लेकमा बस्नै नसकिएपछि भेडाबाख्रा बेँसी झार्न थालेका र्छौँ।'

यतिबेला हुम्लाको उच्च पहाडी भेग सुख्खा हुने र तराईका क्षेत्रमा हरियाली हुनेहुँदा घाँसका लागि पनि भेडाबाख्रा हिउँदमा जिल्ला बाहिर लैजानुपर्ने बोहराको भनाइ छ। झण्डै ६ महिना जिल्ला बाहिर पालन गरेपछि वैशाखमा फेरी लेकमै भेडाबाख्रा लैजाने गरिन्छ। 
   
बाजुरा, अछाम, सुर्खेतलगायतका क्षेत्रमा हुम्लाबाट भेडाबाख्रा पालनका लागि लैजाने गरिन्छ। भेडाबाख्रा व्यवसायीले चामल, दाललगायत सामग्री बोकेर घरघरमा पुगेर व्यापरसमेत गर्छन्। गहुँ, जौ, उवाबाट बनाइएको सामग्री चामलसँग साट्ने चलन रहँदै आएको सिमकोट गाउँपालिका-२ ठेहेका टेक भण्डारीले बताए। 
 
सिमकोट-३ र ४ तथा उत्तरी नाम्खा गाउँपालिकामा एक दशक अघिसम्म प्रत्येकका घरघरमा भेडापालन गरिँदै आएको थियो। पछिल्लो समय यो व्यवसाय कमैले गरेको पाइन्छ। 
  
वर्षाको समयमा छिमेकी मुलुक चीनको ताक्लाकोट पुगेर यहाँको फापर, उवा, गहुँ, जौलगायतको अन्न नूनसँग साट्ने गरिन्थ्यो। ताक्लाकोटबाट नून ल्याएर हुम्लाकै दक्षिणी भेगका रोडिकोट, दार्मा सर्केगाड, पिप्लाङ, उनापानी, रिप राहदेवलगायतका गाउँमा पुगेर चामल, सिमिलगायतका अन्नसँग साँटासाँट गरिन्थ्यो। तर अहिले यी सबै चलन हराउँदै गएका छन्। रासस


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend