आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

हेटौँडा दूध वितरण आयोजनाद्वारा ४ महिनामा ९ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
हेटौँडा दूध वितरण आयोजनाद्वारा ४ महिनामा ९ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ।

बागमती- हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा ९ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ। गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० लाख रुपैयाँले बढी हो। 

कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा ९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ। आव २०८०/८१ को अवधिमा सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो। 

बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ।

दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए। कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८१११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend