शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कोरोना परीक्षण निःशुल्क गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ७ २०७८
कोरोना परीक्षण निःशुल्क गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कोभिड १९ को परीक्षण निःशुल्क गर्न सरकार समक्ष माग गरेका छन्। शिवाकोटीले भाइरसको महामारी ब्याप्त भइरहँदा धेरै भन्दा धेरैको परीक्षण गर्नका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। 

‘कोरोना टेष्ट निःशुल्क गर, कोरोना खोप व्यापक गर, कोरोना खोप कार्ड अनिवार्य गर्न हतार नगर’ भनी सरकारलाई अभिभावकीय भूमिका खेल्न पनि आग्रह गरेका छन्।

‘सरकार अभिभावक हो, हुने नहुने सबैको ख्याल राख्ने जिम्मा सरकारकै हो,’। शिवाकोटी भने। सरकारप्रति आम नागरिकको भरोसा टुट्ने घटना हुन नदिन समेत शिवाकोटीले आग्रह समेत गरेका छन्। 

उनले  निःशुल्क लगाइँदै आएको कोभिड विरुद्धको भ्याक्सिन प्रभावकारी ढंगले आम नागरिकको पहुँचमा पु¥याउन समेत आग्रह गरेका छन्।  

केन्द्रीय सदस्य शिवाकोटीले पहिलो खेप खोप लगाउन नपाएका नागरिकको संख्या अझै धेरै रहेको भन्दै त्यसतर्फ ध्यान दिनसमेत आग्रह गरेका छन्। 

 


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०७:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend