आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

पोखराको बाँझो जग्गामा कागतीखेती

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
पोखराको बाँझो जग्गामा कागतीखेती

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन्।

गण्डकी- पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन्। 

गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए। 

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन्। 

कार्यक्रमका लागि कुल लागत ७ लाख ८१ हजार ४ सय रुपैयाँ रहेकामा आयोजनाबाट ३ लाख ९० हजार ७ सय रुपैयाँ स्वीकृत अनुदान रहेको छ भने ३ लाख ९० हजार ७ सय रुपैयाँ त्रिपाठी स्वयंले व्यहोर्नेछन्। कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend