बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीकाे नाफा ८९.०४ प्रतिशतले बढ्याे

images
बिहीबार , मंसिर १३ २०८१
images
आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीकाे नाफा ८९.०४ प्रतिशतले बढ्याे

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा र आम्दानी बढाएको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हाे।

images
images
images

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.०४ प्रतिशत बढी हो।

images
images

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५२.९७ प्रतिशत बढेको छ भने कुल नाफा ४७.६९ प्रतिशत बढेको छ। त्यस्तै कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८०.४१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस १२ रुपैयाँ ४५ पैसा बढेर २९ रुपैयाँ ७७ पैसा पुगेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.८६ गुणा रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर १३ २०८१०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend