मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

दुई दिन घटेको बजार पुनः सम्हालियो, अर्को साता बढ्ने संकेत, (यस्तो छ साताको उतारचढाव)

images
बिहीबार , माघ ६ २०७८
images
images
दुई दिन घटेको बजार पुनः सम्हालियो, अर्को साता बढ्ने संकेत, (यस्तो छ साताको उतारचढाव)

बिहीबार सेयर बजार ३२.९६ अंकले बढेर २९३१.२६ बिन्दुमा पुगेको हो।

images
images

काठमाडौं- दुई दिनदेखि घटेको सेयर बजार साताको अन्तिम दिन समालिएको छ। बिहीबार कारोबार सुरु भएसंगै उतारचढाव आएको बजारमा अन्तिम समयमा सकारात्मक हुँदै बन्द भएको छ। यसले आगामी साता बजार बढ्ने संकेत समेत गरेको छ।

images
images

मंगलबार १०.७८ अंकले घटेको बजार बुधबार पनि दोहोरो अंकले घटेको थियो। बुधवार नेप्से ३८‍.३५ अंकले घटेर २८९८.३१ बिन्दुमा पुगेको थियो। बिहीबार सेयर बजार ३२.९६ अंकले बढेर २९३१.२६ बिन्दुमा पुगेको हो। बिहीबार १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँ कारोबार भएको हो। 

images
images

यो साता १२२.६५ अंकले बढ्दा ४९.१३ अंकले घटेको थियो। समग्रमा यो साता ७३.५२ अंकले बजार बढेको हो। 

images
images
images

बुधबार १ करोड १८ लाख कित्ता स‍ेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। नेप्से परिसूचक सोमबार दोहोरो अंकले वृद्धि भएको थियो। सोमबार २०.६९ अंकले बढेर २९४७.४३ अंकमा पुगेको छ। सोमबार ७ अर्ब ९० करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो।

सोमबार एक करोड ४४ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको थियो। पुस मसान्तको दबाब सकिएसँगै सेयर लगानीकर्ताहरू सेयर खरिदमा झुम्मिएका थिए। माघमा कारोबारको पहिलो दिन नै सेयर बजारमा उत्साह छाएको थियो।

आइतबार ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको थियो। आइतबार ९ अर्ब ६७ करोड ६३ लाख रूपैयाँको कारोबार भएको थियो। गएको दुई सातामा सेयर बजार ३३३ अंकले बढेको थियो। जसलाई यो साता कारोबारको पहिलो दिन आइतबारको बजारले पनि साथ दिएको थियो। 

गएको साता आइतबारदेखि बिहीबारसम्म नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको थियो। त्यसअघिको साता १६७.९७ अंकले बढेको बजार दुई सातामा गरेर ३३३.२५ अंकले बढेको थियो।


प्रकाशित : बिहीबार , माघ ६ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend