शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यामाहाले सार्वजनिक गर्‍यो स्वापएबल ब्याट्री सहितको ईएमएफ विद्युतीय स्कुटर

बिहीबार , माघ ६ २०७८
यामाहाले सार्वजनिक गर्‍यो स्वापएबल ब्याट्री सहितको ईएमएफ विद्युतीय स्कुटर

यामाहा ईएमएफ विद्युतीय स्कुटरले १०.३० पीएस पावरमा ३ हजार आरपीएम र २५ सय आरपीएममा २६ एनएम टर्क जेनेरेट गर्ने छ।

काठमाडौं- जापानी मोटरसाइकल तथा स्कुटर उत्पादन कम्प्नी यामाहाले स्वापएबल ब्याट्री सहितको ईएमएफ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। यामाहाले यो विद्युतीय स्कुटर गोगोरोसँगको सहकार्यमा बनाएको हो। 

यामाहाको यो विद्युतीय स्कुटरमा स्वापएबल ब्याट्री प्रयोग हुनेछ। स्वापएबल ब्याट्री प्रयोग भएको विद्युतीय सवारी चार्ज गर्न कुरेर बस्नु पर्दैन। ब्याट्री स्टेसनमा ब्याट्री चार्ज गरेर राखिएको हुन्छ र अहिले इन्धन भरेजस्तै स्टेसनमा गएर ब्याट्री फेरर सवारी कुदाउन सकिन्छ। ब्याट्री स्वाप गर्न अहिले इन्धन भरेको भन्दा कम समय लाग्नेछ। 

नयाँ प्रविधिसहित आउन लागेको यामाहाको ईएमएफ स्कुटर शक्तिशाली र आक्रामक हुनेछ। यो स्कुटर तीन रंगमा हुनेछन्। यामाहा ईएमएफ विद्युतीय स्कुटरले १०.३० पीएस पावरमा ३ हजार आरपीएम र २५ सय आरपीएममा २६ एनएम टर्क जेनेरेट गर्ने छ। शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गती यो स्कुटरले ३.५ सेकेन्डमा भेट्ने छ।

कम्पनीले यसको अधिकतम् गती नबताएको भएपनि १ सय किलोमिटर प्रतिघण्टा रहेको अनुमान गरिएको छ। 
यामाहाले ताइवानको गोगोरोसँग सहकार्य गरेर ब्याट्री स्वापिङ नेटवर्क बनाइरहेको छ। ब्याट्री स्पाव गर्ने प्रविधिमा रेन्जलाई प्राथमिकता दिइँदैन। एउटा स्वाप स्टेनसदेखि अर्को स्टेसनसम्म पुग्ने ब्याट्रीको क्षमता भए हुन्छ भन्ने मान्यता राखिन्छ। 


प्रकाशित : बिहीबार , माघ ६ २०७८०८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend