शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटाको दसैंतिहार योजनाको विजेता छनोट 

बिहीबार , माघ ६ २०७८
टाटाको दसैंतिहार योजनाको विजेता छनोट 

कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ। 

काठमाडाैं- टाटा मोटर्स नेपालका लागि अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले  संयुक्त रुपमा ‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दसैं र तिहारमा टाटा किन्दा जाँदैन हात खाली’ योजनाको विजेता घोषणा भएको छ। 

टाटा मोटर्स दसैं र तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा भएको हो। योजनाको विजेता छनोट माघ ३ गते सोमबार टाटा मोटर्स ट्रक एन्ड बस नेपालको आधिकारिक फेसबुक पेज मार्फत लाइभ लक्की ड्र कार्यक्रम गरि विजेता घोषणा गरिएको हो। 

देशैभरबाट ग्राहकको उल्लेखनीय सहभागिता रहेको यस योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ। 

विजेताहरू मध्ये सामसुङ ट्याव एस सेभेन एफ ई ११ जनालाई, एलजी डवल डोर फ्रिज ११ जनालाई, ८ केजी वासिङ मेसिन ७ जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल ७ जनालाई र एम आइ ६५ इन्च फोर के टीभी ७ जनालाई प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले योजनामा  ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए। साथै आगामी दिनहरूमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङले विभिन्न सुविधा सहितको ग्राहकमुखी योजना ल्याउँदै जाने उनको भनाइ छ। 

त्यस्तै सिप्रदी ट्रेडिङको कमर्सियल भेहिकल बिजनेस युनिटका प्रमुख अनुप ढकालले ग्राहकहरुको सन्तुष्टी नै आफूहरुको सन्तुष्टी भएको बताए। ‘टाटाका उत्कृष्ट कमर्सियल सवारीले नेपाली उपभोक्ताको आवश्यकता पुरा गरेको छ। टाटाले उत्पादन गरेको उच्च प्रविधियुक्त सवारी उपलब्ध गराउँदै जाने छौं,’ उनले भने, ‘त्यही अनुसार उपभानेक्तामाझ विभिन्न योजनाहरु समेत ल्याउँदै उपझोक्ता र कम्पनीबीचको सम्बन्ध थप कसिलो बनाउन हाम्रो प्रयार जारी रहनेछ।’ 


प्रकाशित : बिहीबार , माघ ६ २०७८१०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend